बोलेरो र मोटरसाइकल ठोकिँदाआमा-बुबाकै मृत्यु ,नौं वर्षीय छोरा मात्र बचे

निरन्तर न्यूज
१५ माघ २०७६, बुधबार १४:५१

धनुषा । धनुषामा बोलेरो र मोटरसाइकल ठोकिँदा एक दम्पतीको घटनास्थलमै ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदारमा बुधबार दिउँसो पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गणेशमान चारनाथ नगरपालिका–६ बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । दुर्घटनामा मोटरसाइकमै सवार साहका नौं वर्षीय छोरा जोन साह बचेका छन् । उनी सामान्य घाइते छन् ।

श्रीमान–श्रीमती दुवैको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको र ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी नायव उरीक्षक कार्कीले बताएका छन् ।श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*