हेटौंडामा गोली प्रहार गरी गाँजा तस्कर पक्राउ

निरन्तर न्यूज
१५ माघ २०७६, बुधबार ११:५१

हेटौंडा । मकवानपुर प्रहरीले गोली प्रहार गरी तीन जना गाँजा तस्करलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारत मजफपुरका ३५ वर्षिय कार चालक संजित पासवान, कारमा सवार ३५ वर्षिय अजैमल हवारी र ४५ वर्षिया जाहेरा खातुन रहेका छन् ।

हेटौँडा–११ थानाभर्याङमा प्रहरी चेकिङ टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बीआर ०६जे ४४५८ नम्बरको कार रोकी जाँच गर्न खोजेको थियो । कार नरोकी भैरवडाँडातर्फ भाग्न खोजेपछि वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीले पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए । हवाई फायरबाट पनि कार नरोकिएपछि टायमा एक राउण्ड गोली प्रहार गरेपछि कार रोकिएको थियो । कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ वटा पोकामा लुकाई राखेको ३२ किलो गाँजा बरामद भएको  प्रहरीले जनाएको छ। उक्त कार मनहरी चेकपोष्ट, नेवारपानी चेकपोष्ट र लेवट चेकपोष्टमा रोक्न खोज्दा नरोकी भागेको थियो ।

गाँजा तस्करलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा बसको ठक्करबाट प्रहरी र गाँजा तस्करीमा संलग्न खातुन घाइते भएकी छिन् । उनको चुरेहिल हस्पिटलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*