हेटौंडा बसपार्कबाट २१ किलो गाँजासहित २ जना पक्राउ

निरन्तर न्यूज
१४ माघ २०७६, मंगलवार १४:१२

हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले २१ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी नगरपालिका वडा नं.१५ बस्ने २० वर्षीय सागर पाण्डरे र धादिङ रोराङ नगरपालिका वडा नं. १ का १८ वर्षीय सोनम तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हेटौडा  उपमहानगरपालिका वडा नं. १० बसपार्कमा प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले प्राप्त सूचनाको आधारमा काठमाडौंबाट काकँडभिट्टा जाँदै गरेको ना५ख ४९० नम्बरको यात्रुबहाक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार पाण्डरे र तामाङले बोकेको झोलामा २१ किलो लागूऔषध गाँजा फेलापारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताएका छन्।

पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐनअनुसार २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख रुपैया जरिवाना  हुने कुर्मीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*