मुख्यमन्त्रीले उद्घाटन गर्ने महायज्ञस्थलमा पुरुषको शव भेटिएपछि…

निरन्तर न्यूज
१४ माघ २०७६, मंगलवार १२:३०

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ गिधनियामा पुरुषको शव फेला परेको छ । गिधनियामा मंगलबारबाट सुरु हुने ‘सीताराम नाम जप महायज्ञ’ स्थलमा एक पुरुषको शव भेटिएको हो ।

आगामी माघ २६ गतेसम्म चल्ने महायज्ञ आज मंगलबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम छ ।

महायज्ञका लागि सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बस्नका लागि बनाइएको अस्थायी टेन्टभित्र पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लोकदर्शन थापाले बताए ।

अन्दाजी ४०र४५ वर्षको उमेरको देखिने पुरुषको चिसोले कठ्याग्रिएर मृत्यु भएको बताउँदै उनले पहिचान भने नखुलेको बताए ।

ती पुरुष बेलुका खाना खाएर सुतेका थिए । मृत अवस्थामा भेटिएपछि शव पोष्टमार्टमका लागि कोसी अस्पतालमा पठाइएको छ ।श्रोत अनलाइनखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*