हेटौँडा उपमहानगरद्वारा ट्राफिक सुरक्षा सामग्री वितरण

ब्रेथलाइजर उपलब्ध भएपछि नगरको ट्राफिक प्रहरीलाई सुँघेर मापसे चेक गर्ने समस्या हट्ने
निरन्तर न्यूज
१४ माघ २०७६, मंगलवार १२:३५

हेटौँडा । हेटौँडा उप-महानगरपालिकाले नगरको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र जनमैत्री बनाउनको लागि ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री वितरण गरेको छ ।

हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरि बहादुर महतले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाललाई ट्राफिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाले सेफ्टीकोन, ब्रेथलाईजार, गोप्रो क्यामरा, ट्राफिक कन्ट्रोल मेग्नेटिक लाईट, कार व्हील लक लगायतका सामग्री हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ ।

उपमहाँनगरबाट प्राप्त सामाग्रीले ट्राफिक व्यवस्थापनमा निकै सहयोग पुग्ने ढकालले वताउनुभयो । अहिले हेटौंडा वजार क्षेत्रको ट्राफिक व्यावस्थापन गर्नका लागि सहयोग पुगोस भन्ने उदेश्यले विविध सामाग्री हस्तान्तरण गरिएको हो । उपमहानगरक्षेत्रमा ट्राफिक व्यावस्थापनका लागि उपमहानगरपालिकाले यसअघि पनि ट्राफिक प्रहरीलाई सहयोग गर्दै आएको छ ।

हेटौंडाको मुख्य वजार क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्नका लागि सांकेतिक चिन्ह वनाउने लगायतका काम गरिदै आएको छ । मापसे चेक गर्ने ब्रेथलाइजरले अव चेकजाँच गर्नका लागि थप सहज हुने छ । कार्यक्रममा हेटौंडा २ का वडाअध्यक्ष हरि राउत, हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देल, विनोाद सुवेदी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*