अग्निप्रसाद सापकोटा सभामुखमा निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा अनुमोदित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध रुपमा सभामुख भएको घोषणा गरेका हुन्।
त्यसअघि सभामुखका प्रस्ताव, समर्थक तथा प्रतिपक्षी दलका सांसदले बोलेका थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यसपछि प्रस्तावक देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गरेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते बस्नेछ।