हेटौंडामा युके पाठ्यक्रमको आधारमा प्रि स्कुल सञ्चालनमा

निरन्तर न्यूज
११ माघ २०७६, शनिबार १५:२३

हेटाैँडा । हेटौंडामा पहिलो पटक युके पाठ्यक्रमको आधारमा प्रि स्कुल सञ्चालन भएको छ ।

बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल र पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले सयुक्त रुपमा प्रिस्कुलको समुद्घाटन गरेका हुन‍्ग । पूर्व मिस नेपाल खतिवडा यस लिटिल बडी प्रिस्कुलको नेपालको लागि ब्राण्ड एम्बेस्डर रहेकी छिन्, । युकेमा सञ्चालित प्रिस्कुलको पाठ्यक्रममा आधारित यो लिटिल बडी प्रिस्कुल सञ्चालन गरिने सञ्चालक युवराज दाहालले बताए ।

भारतमा कर्पोरेट कार्यालय रहेको यो स्कुलको काठमाडौंमा मुख्य कार्यालय रहेको छ । प्रिस्कुल हेटौंडामा भने सातौं स्कुलको रुपमा शुरु भएकाे सञ्चालक दाहालले बताए ।

कार्यक्रममा हेटौंडा उपमहानगरका उपमेयर मिना लामा, लिटिल बडी प्रिस्कुल काडमाडौंका प्रतिनिधि दिनेश लामा लगायतकाे सहभागिता रहेको थियो । ६० जना बालबालिकालाई पठनपाठन गराउन सक्ने क्षमता रहेको लिटिलबडी प्रिस्कुल उनले बालबालिका हरेक दिन स्वास्थ्य परिक्षण पश्चात मात्र कक्षामा प्रवेश गराउन नर्सको सुविधा समेत गरिएको सञ्चालक दाहालले बताए ।

बालबालिकालाई खाना, खेलकुद र जीमको समेत व्यवस्था सहित अभिभावकले घरमा बसेर आफ्नो छोराछोरीको बारेमा माेबाइलमा हेर्न सकिने समेत दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*