हेटाैँडामा सिसी क्यामराको निगरानी

निरन्तर न्यूज
११ माघ २०७६, शनिबार १५:०२

हेटौंडा । हेटौँडा–५ को सानोपोखरा र क्याम्पाडाँडामा सिसी क्यामराको निगरानी हुने भएको छ । शनिबारबाट दुई स्थानमा सिसी क्यामराको निगरानी हुने भएको हो ।

सानोपोखरामा ४ वटा क्यामरा र क्याम्पाडाँडामा एउटा क्यामरा जडान गरिएको छ । सानोपोखरामा जडान भएका क्यामरा व्यवसायी रवि श्रेष्ठले वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका थिए ।

यसको मूल्य ७० हजार रुपैँया रहेको जनाईएको छ । त्यसैगरी, क्याम्पाडाँडा जडान भएको क्यामरा व्यवसायी सुरेश पुरीले सहयोग गरेका हुन् । यसको मूल्य ३५ हजार रुपैँया रहेको जनाईएको छ ।

क्यामरा जडानबाट अपराध न्यूनिकरणमा सहयोग पुग्ने उनीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*