अग्‍नि सापकोटा सभामुख हुने भएपछि राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

निरन्तर न्यूज
१० माघ २०७६, शुक्रबार १५:५०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । ०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त प्याकुरेलले फौजदारी अभियोग लागेका अग्‍नि सापकोटा सभामुख बन्‍ने पक्का भएपछि असन्तुष्टि जनाउँदै शुक्रबार राजीनामा दिएका हुन् ।

उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ ।

सोही मुद्दामा अदालतको परमादेश कार्यान्वयन नभएको भन्दै २०७२ चैत २६ गते प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन । ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो ।

आफैले विगतमा रिट हालेका व्यक्ति सभामुख बन्न लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उमेदवारी परेको छ ।

मानवअधिकार आयोगका पूर्वआयुक्तसमेत रहेका प्याकुरेलले राजीनामापत्रमा सापकोटाको बारेमा उल्लेख नगरे पनि कानुनी सर्वोच्चताका लागि लड्नका आफ्नो राजीनामा भएको उल्लेख गरेका छन् ।

“संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरसस् कार्यान्वयनका लागि शासकीय मामिलासम्वद्ध औपचारिक परिधिभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत,” भएको भन्दै उनले राजीनामा दिएका हुन् । श्रोत १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*