छुट्टाछुट्टै सवारी दुर्घटना हुदाँ ,चार जनाको मृत्यु

निरन्तर न्यूज
१० माघ २०७६, शुक्रबार १४:५०

काठमाडौं । सर्लाही, कञ्चनपुर, महोत्तरी र नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-१० स्थित सडकमा ना.२ ह ४३६३ नम्बरको अटोबाट बिहीबार दिउँसो लडेर हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको टेकसास अस्पताल लालबन्दी हुँदै समर अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका-४ चम्मनचोकस्थित सडकमा बिहीबार दिउँसो से.१ क ८८७ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री बैतडी दशरथचन्द नगरपालिका-१ गुरुखोला घर भई हाल भीमदत्त नगरपालिका-१८ गोबरिया बस्ने २० वर्षीया रमिता भट्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरीको एकडारा गाउँपालिका-१ स्थित सडकमा ज.१ त ९८६१ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार बेलुका दुर्घटना हुँदा ट्याक्टरमा सवार धनुषा तुल्सियाही बस्ने २१ वर्षीय रामकुमार महतोको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका महतोको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी नवलपरासीको गैंडाकोट नगरपालिका-१० पितौजीस्थित सडकमा शुक्रबार बिहान ना.२ ख ९२६४ नम्बरको ट्रकको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष व्यक्तिको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले उद्धार एवम् दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*