मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

निरन्तर न्यूज
९ माघ २०७६, बिहीबार १०:१९

काठमाडौँ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चाँगुनारायणमा मोटरसाइकल पल्टिँदा दुवाकोट बस्दै आएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का २० वर्षे गणेश वयलकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाँगुनारायण नगरपालिका–२ को महाङ्कालमा बुधबार राति बा ६७ प ४८७१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर पल्टिँदा वयलकोटी गम्भीर घाइते भएका थिए । वयलकोटीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*