हेटौंडामा मोटरसाइकल दुर्घटना ,एकको मृत्यु एक गम्भीर

निरन्तर न्यूज
८ माघ २०७६, बुधबार १०:१०

हेटौंडा।मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हेटौंडा बजारबाट मनहरी तर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसंग ठक्कर खाँदा मोटरसाइकल चालक हेटौंडा १९ बस्ने २१ बर्षीय सुनिल स्यान्ताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता ललन प्रसाद कुर्मीले बताएका छन्।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार मनहरी ९ रजैया बस्ने १८ बर्षीय साजन भोल्न घाइते भएको र उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक कुर्मीले बताएका छन्।सुनिलको उपचारको क्रममा हेटौडा अस्पताल तर्फ ल्याउदै गर्दा मुत्यु भएको जनाइएको छ।ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*