अपडेट : मकवानपुरको पानारोमा रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

निरन्तर न्यूज
७ माघ २०७६, मंगलवार १२:२६

हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ जना पर्यटकको मृत्यु भएको छ ।

हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल पुर्याईएको उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ललनकुमार कुर्मीले बताए । विवरण संकलन भईरहेकाले मृतकको पहिचान नखुलेको उनको भनाई छ ।

भारतको केरलाबाट दामन–पालुङ क्षेत्र घुम्न आएका १५ जनाको टोलीमा एउटा कोठामा सुतेका उनीहरु मंगलबार विहान अचेत भेटिएका थिए । अर्को कोठामा सुतेकाहरु भने सकुशल छन् । भेन्टिलेसन नभएको कोठामा हिटर बालेर सुतेकाले घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*