मकवानपुरको पानोरमा रिसोर्टमा एक पर्यटकको मृत्यु, ७ जना बेहोस

निरन्तर न्यूज
७ माघ २०७६, मंगलवार ११:३७

हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङस्थित एभरेष्ट पानोरमा रिसोर्टमा एक जना भारतीय नागरिक मृत अवसथमा फेला परेका छन् । अरु सात जना बेहोस अवस्थामा भेटीएका छन्।

दामन–पालुङ क्षेत्र घुम्न आएका १५ जनाको टोली मध्ये एउटा कोठामा सुतेका उनीहरुमध्ये एकको मृत्यु भएको हो । बेहोस रहेका ५ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको र २ जनालाई लाने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उद्धारको काम भईरहेकाले कसैको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ । भेन्टिलेसन नभएको कोठामा ग्यास हिटर बालेर सुतेकाले यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए ।

घटना स्थलमा इलाका प्रहरी कार्यालय पालुङको टोली पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*