ट्रकको ठक्करबाट विकको मृत्यु

निरन्तर न्यूज
७ माघ २०७६, मंगलवार १०:२६

कैलाली।  कैलालीको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सोमबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको ना २ ख ४५८ नम्बरको ट्रकले प्रदेश न २–०३००४ प ९६११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लम्की चुहा–६ का ३६ वर्षीय रतन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*