खाल्डोमा डुबेर सरदारको मृत्यु

निरन्तर न्यूज
६ माघ २०७६, सोमबार ११:५०

विराटनगर । पानी जमेको डोबिल्को (खाल्डो)मा डुबेर मोरङको ग्रामथान गाउँपालिकामा सोमबार बिहान एकजनाको मृत्यु भएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाका अनुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका ७ का ४५ वर्षीय विकास सरदार छन् ।

ग्रामथान ३ स्थित कलर माझीको खेतमा रहेको खाल्टोमा जमेको पानीमा डुबेर सरदारको मृत्यु भएको हो।

आइतबार साँझ घर नफर्किएपछि खोजी गर्ने क्रममा आफन्त र परिवारका सदस्यले सोमबार बिहान उनलाई खाल्टोमा जमेको पानीभित्र मृत्य अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेको थापाले बताए ।

मापसे ९मादक पदार्थ सेवन० गरेर छेउबाट हिँड्ने क्रममा चिप्लिएर पानी जमेको खाल्टोमा परेको र उठ्न नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । डीएसपी थापाले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*