१३ किलो गाँजासहित मकवानपुरमा जयसवाल पक्राउ

निरन्तर न्यूज
६ माघ २०७६, सोमबार १०:३३

हेटौंडा । मकवानपुर प्रहरीले १३ किलोग्राम लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ।

आइतबार दिउसो ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३प ६८०९ नम्बरको मोटरसाईकल पक्राउ पर्नेमा पर्साको प्रसौनी गाँउपालिका–८ बस्ने ४९ वर्षीय वृजलाल जयसवाल रहेका छन् ।

प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको नेतृत्वको टोलीले ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा जयसवालको झोलाबाट उक्त गाँजा बरामद गरेको हो ।

उक्त गाँजा र मोटरसाईकल र चालक जयसवाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*