चाइनिज पेस्तोलसहित दुईजना पक्राउ

निरन्तर न्यूज
५ माघ २०७६, आईतवार ११:४०

जनकपुरधाम । जनकपुरधामबाट चाइनिज पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । दुवैजनालाई शनिबार साँझ पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं १ रम्दैया का ४२ वर्षीय जितेन्द्र कुमार यादव र वडा नं ५ का ३० वर्षीय कुमोद नारायण झा रहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । दुवैलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानु चोकबाट नियन्त्रणमा लिइएको हो ।

बा १४ च ७४५९ नम्बरको कारले ज ९ प ५८०६ नम्बरको मोटरसाइकललाई ठक्कर भएको दुर्घटनापछि प्रहरी नायव उपरीक्षक कार्कीसहितको टोली दुर्घटना स्थलमा पुगेको थियो ।

शंका लागेर कारमा चेक गर्ने क्रममा डिक्की भित्र राखिएको ठूलो चाईनिज पेस्तोल जस्तो देखिने पेस्तोल १ थान, त्यसमा लाग्ने गोली ६ राउण्ड, म्यगजिन १ थान बरामद गरेको धनुषा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*