घाँस झार्दै गर्दा रुखबाट खसेर वडासचिवको मृत्यु

निरन्तर न्यूज
५ माघ २०७६, आईतवार १०:५०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ ।
घर नजिकैको कोइरालोको रुखमा चढेर घाँस झार्ने क्रममा खसेर घाइते भएका ५० वर्षीय सत्यालको धुलिखेल सामुदायिक अस्पतालमा लैजाँदै गर्दा बाटोमा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविकुमार पौडेलले जानकारी दिए । उनले लामो समयदेखि वडासचिवका रुपमा काम गर्दै आएका थिए । श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*