मकवानपुरको मनहरीमा वसको ठक्करबाट स्यानताङको मुत्यु

निरन्तर न्यूज
५ माघ २०७६, आईतवार १०:४४

हेटौंडा । आइतबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ७ स्थित सडक खण्डमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साईकलयात्रीलाई ठक्कर दिँदा मनहरी ७ बस्ने ४० बर्षीय भिमराज स्यानताङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता ललन प्रसाद कुर्मीले बताएका छन्।ठक्कर दिने बस तथा बसचालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*