प्याब्सन बागमती प्रदेशको साधारण सभा सम्पन्न

निरन्तर न्यूज
४ माघ २०७६, शनिबार २०:४३

हेटौंडा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाग्मती प्रदेशको दोस्रो वार्षिक साधारणसभाम शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता एवम प्ययाब्सन प्ररदेश अध्यक्ष थगिन गुरुङको अध्यक्षतामा साधारणसभाम भएको हो ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपालप्रसाद आचार्य, केन्द्रीय सदस्य मदनकुमार दाहाल, बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष केशबलाल श्रेष्ठ, सचिब राममणी सापकोटा, कोषध्यक्ष भोजराज शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्याब्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुबेदीले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष थगिन गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रदेश सचिव राममणि सापकोटाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष भोजराज शाहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमकै बीच प्याब्सन प्रदेश सदस्यरुलाई लेखापरीक्षण सम्बन्धी ज्ञानसमेत प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*