प्रदेश सरकार पीडित परिवारको साथमाछः मुख्यमन्त्री राउत

निरन्तर न्यूज
३ माघ २०७६, शुक्रबार १३:०८

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आज बिहान दिलिप महतोको परिवारसित भेटघाट गर्नुभएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित दिलिपको घरमा उनको बुवा, आमासित भेटघाट गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरुमापिथ हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलिपको बुवा रामजीवन महतोलाई विश्वास दिलाउनुभयो । सो क्रममा मुख्यमन्त्री राउतले दिलिपको तस्वीरमा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

प्रदेश सरकारले यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ । गएको शुक्रबार बालुवा, गिट्टी उत्खनन्को विरोध गरेको रामजीवन महतोको २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोको रडले घोचि टिपरले किचेर हत्या गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*