अबुधाबीमा दुर्घटनाहुदाँ तिन नेपालीको मृत्यु , १४ जना घाइते (नामवलीसहित)

निरन्तर न्यूज
३ माघ २०७६, शुक्रबार ११:१५

काठमाडौँ । यूएईको अबुधाबीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमानउने तीन नेपाली महिलाको सनाखत भएको छ।

बिहीबार गुडिरहेको लरीमा बस ठोक्किँदा भएको दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको थियो । जसमा तीन जना नेपाली रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

दुतावासका अनुसार दुर्घटनामा परेर ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेका छन् ।

दुर्घटनामा अरु १४ जना नेपाली घाइते भएका छन् । घाइते हुनेहरूमा सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्।

यस्तै इलामकी सीता सुब्बा, मकवानपुर टिस्टुङ पालुङकी रीता सिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाँउ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते भएको नेपाली दूतावास अबुधाबीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*