मोटरसाइकल दुर्घटना हुँदा गिरीको मृत्यु

निरन्तर न्यूज
२ माघ २०७६, बिहीबार १५:१२

वीरगञ्ज । वीरगञ्ज-कलैया सडकखण्ड अन्तर्गत बाराको मोतसर चोकमा राकिराखेको ट्र्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा ना १५ प ५७४३ नम्बरको मोटरसाइकलका चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा टोलका ३५ वर्षीय धिरेन्द्र गिरीको ज्यान गएको हो।

चिनी मिलमा लैजानको लागि उखु लोड गरी रोकेर राखिएको नम्बर खुल्न नसकेको ट्र्याक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा चालक गिरीको घटनास्थलमै ज्यान गएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

टेलर भएको सम्बन्धित ट्र्याक्टरको खोजी कार्य भइरहेको तथा मृतकको शव पोष्टमार्टमको लागि कलैया अस्पतालमा राखिएको मिश्रले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*