ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

निरन्तर न्यूज
२ माघ २०७६, बिहीबार १०:२२

चितवन । ट्याङ्करको ठक्करबाट गए राति चितवनमा एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ८१४१ नम्बरको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारी चोकमा पैदल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृत्यकको पहिचान खुल्न नसकेको र शव भरतपुर जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*