इन्सेकको मानवअधिकारको अवस्थावारे अन्तरक्रिया

निरन्तर न्यूज
२९ पुष २०७६, मंगलवार १५:५७

हेटौंडा । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले बाग्मती प्रदेशमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरेको छ ।

प्रदेशको मानव अधिकार अवस्था, २०१९ मा प्रदेश मानव अधिकार अवस्था, अधिकार, उल्लंघन र ज्यादतीको अवस्था लगायतका बिषयमा अन्तरक्रिया गरिएको छ ।इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य मुनु सिग्देल, आन्तरिक मामिला मन्त्रालयका बालकृष्ण निरौला, प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहाल, गणेश भन्डारी, एमनेष्टीका उत्तम शर्मा ढकाल प्रहरी निरीक्षक सुजन पाठक लगायतले बोल्नु भएको थियो ।

अन्तरक्रियामा मानव अधिकारको बिषयमा क्रियाशील संघ संस्थाका माया लामा, आरति पाठक लगायतले मानव अवस्थाका बिषयमा आफ्ना धारणा राख्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*