विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा स्वामी पक्राउ

निरन्तर न्यूज
२८ पुष २०७६, सोमबार १३:४९

काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरीका अनुसार ३० वर्षीय शिवानन्द आफू तन्त्रविद्याको गुरु भएको दाबी गर्थे । एसएसपी सहकुल थापाका अनुसार उनीविरुद्ध तीन जनाले उजुरी दिएका छन् ।
विदेश पठाइदिने भन्दै उनीहरूबाट शिवानन्दले ४० लाख रुपैयाँ बढी रकम लिइएको प्रहरीले जनाएको छ । उनले दहचोकमा आश्रम निर्माण गर्न लागेका छन् ।

एसएसपी थापाले भने, ‘‘अन्य पीडित पनि सम्पर्कमा आउन सक्छन् । उनले आफ्नो समस्या लिएर आएका युवालाई युरोप पठाइदिने भन्दै ठग्दा रहेछन् ।’’ पीडितहरू विदेश जान नपाएपछि प्रहरीको शरणमा पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*