मकवानपुरबाट बुद्धचित्त र रुद्राक्षसहित तिन जना पक्राउ

निरन्तर न्यूज
२८ पुष २०७६, सोमबार ११:०३

हेटौंडा । मकवानपुर प्रहरीले बुद्धचित्त र रुद्राक्ष सहित तिन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादव, काभ्रे साविक तिमाल गा.वि.स वडा नम्बर-२ बस्ने ४२ बर्षीय जगत लामा तामाङ र सोही गा.वि.स वडा नम्बर- ६ बस्ने ४२ बर्षीय सुर्यमान तामाङ रहेका छन् ।

उनीहरुलाई मनहरी गाँउपालिका–७ मनहरी बजार स्थित पुर्व–पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको चेकिङ टोलिले पक्राउ गरेको हो ।

काठमाण्डौबाट भारततर्फ जाँदै गरेको बीआर ०१ पीएच ४९४० नम्बरको भारतिय कारलाई रोकी चेकजाँच गर्दा उक्त कार भित्र बोरा र झोलामा लुकाई छिपाई ल्याएको बुद्ध चित्त माला १७७० थान र रुद्राक्ष को माला १४४ थान फेला परेको हो ।

उक्त गाडी, बुद्ध चित्त माला र रुद्राक्ष सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागी वन कार्यालयतर्फ पठाउने कार्य भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*