अत्यधिक लागूऔषध सेवन गर्दा घर्तीको मृत्यु

निरन्तर न्यूज
२७ पुष २०७६, आईतवार १५:११

नवलपुर । पूर्वी नवलपरासीमा अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका-३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषधका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । युवकको शव देवचुली-१५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणपट्टी भेटिएको थियो ।

घर्तीको शरीरमा लागूऔषध प्रयोगका लागि लगाइएको सुईका निशानहरु रहेको र केही मात्रामा लागूऔषध पनि बरामद भएको भनाइ छ ।

पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइने अस्थायी प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।

मृत्युको कारणको विस्तृत विवरण शवको पोष्टमार्टमपछि मात्रै आउने प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*