आफैलाई कन्चटमा गोली हानेर प्रहरी हबल्दारको मृत्यु

निरन्तर न्यूज
२७ पुष २०७६, आईतवार १२:४१

जाजरकोट। नलगाड नगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतको मृत्यु भएको छ ।

बाजुरा जिल्ला घर भई चार महिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हान्दा आज (आइतबार) बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाका बारेमा छानविन गर्न टोली परिचालन भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*