एनसेल टावरमा आगजनी

निरन्तर न्यूज
२७ पुष २०७६, आईतवार १२:१०

तनहुँ । जिल्लाको भिमाद नगरपालिका–५, मिछुर्लुङमा रहेको एनसेल टावरमा आगजनी गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको हो। उनले
शनिबार राति करिव ११ बजे आगजनी गरिएको बताए।

उनका अनुसार आगजनीबाट जेनेरेटर, ब्याट्री र तारमा क्षति भएको छ। आगजनीबाट भएको क्षति र आगजनी गर्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नको खोजी भइरहेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*