सहिद स्मृति प्रतिष्ठानको जिल्ला समिति बिस्तार

निरन्तर न्यूज
२६ पुष २०७६, शनिबार २०:१९

हेटौंडा । सहिद स्मृति प्रतिष्ठान, मकवानपुरको जिल्ला समिति बिस्तार एवं सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले सहिदको योगदानको चर्चा गर्नु भएको थियो।

काँग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले बिस्तारीत नयाँ कार्य समितिका पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

प्रतिष्ठानका जिल्ला अध्यक्ष युद्ध बहादुर थापाको सभाध्यक्षता भएको कार्यक्रममा बिस्तारित कार्य समितिलाई प्रमाणपत्र समेत बितरण गरिएको सचिव गंगा आत्रेय पुरुषले जानकारी दिए ।

प्रतिष्ठानमा युद्ध थापा अध्यक्ष, उपाध्यक्ष अरुणा सिंह , सचिब गंगा आत्रेय पुरुष , कोषाध्यक्ष गोपी दाहाल , सदस्यहरुमा प्रबीन मैनाली , राम घिमिरे , राम महर्जन , दीपेन्द्र बानिया , बिमला थिंङ , कर्ण ब. स्याङतान , मोहन ढकाल , कुमार पोखरेल ,कल्पना बिक लगयत रहेका छन् ।

त्यस्तै प्रतिष्ठानको सल्लाहकार समितिमा भीमसेन महत , बिजयराज राजभण्डारी र श्याम प्रसाद सुबेदीलाई चयन गरिएको छ ।

कार्यक्रममा बिशेष अतिथि प्रतिष्ठानका केन्द्रिय अध्यक्ष खिलनाथ दाहाल , प्रदेश नं ३ काँग्रेस संसदीय दलको सचेतक राधा घले ,भीमसेन बिष्टलगायत थिए ।

कार्यक्रममा काँग्रेसका जिल्ला नेताहरू बिष्णु प्रसाद लामीछने ,माइकल राम चन्द्र अर्याल, गोपीलाल बिक , राजीब सुबेदि , सुनील दाहाल , सुनील अधिकारी, अमृता थापा , इन्दिरा न्यौपाने , भरत पराजुली, राजु ख़ातिवड़ा , सचित थापा, यतिराज सापकोटा, लोक बहादुर मोक्तान, लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*