मकवानपुरको मनहरी गाउँपालिकामा सोमबार सार्वजनिक बिदा दिने

निरन्तर न्यूज
२६ पुष २०७६, शनिबार १७:२२

हेटौंडा । मकवानपुरको पश्चिमि क्षेत्र मनहरी गाउँपालिकाले पुस २८ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

देशमै पहिलोपटक मनहरीलाई बालमैत्री स्थानीय शासन अवलम्बन गरेको गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

उक्त दिन मनहरी गाउँपालिकालाई देशकै पहिलो बालमैत्री स्थानीय शासन अवलम्बन गरेको घोषणा गरिदै छ । मनहरी गाउँपालिका–७ स्थित राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको प्राङ्गणमा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

गाउँपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरु पुरा गरिसकेको आज आयोजित पत्रकार सम्मेलनमा बताएको छ । ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*