नेकपा हेटौँडा उपमहानगर कमिटिमा जिम्मेवारी बाँडफाँड
हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौँडा उपमहानगर कमिटि सचिवालयको आज बसेको बैठकले जिम्मेवारी बाँडफाड गरेको छ । सोही अनुसार उपमहानगरको नगर कार्यालय टिम ५ जनाको रहने छ ।
नगर अध्यक्ष रघु आचार्य, सचिथ तिर्थ थापा सहित धर्मराज पुडासैनी, नरहरी महत र रामचन्द्र अर्याललाई नगर कार्यालय टिममा चयन गरेको छ ।
त्यस्तै गरि बैठकले जनवर्गीय संगठनको इन्चार्ज/सह–इन्चार्ज तथा हेटौडा नगरका १९ वटै वडाको पनि इन्चार्ज/सह-इन्चार्ज तोकिएको नगर सचिव तिर्थ थापाले जानकारी दिए ।
यस्तै बैठकले संगठन, प्रशिक्षण, यूवा तथा खेलकुद लगायत १६ वटा विभाग समेत गठन गरेको सचिव थापाले बताए ।
बैठकमा जिल्ला अध्यक्ष मुनु सिग्देल, सचिव प्रेम बहादुर पुलामी सहित जिल्लाका नेताहरु बलराम बल, श्रीधर पोखरेल, प्रमिला पुलामी, कमान सिं पाख्रीन, भगवति पुडासैनी, मिना लामा, कमल विष्ट, बालकृष्ण चौलागाई, विवेक राई लगायतको उपस्थिति रहेको थियो ।