प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने नेकपा संसदीय दलको निर्णय

निरन्तर न्यूज
२५ पुष २०७६, शुक्रबार १४:००

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो ।

सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् । ‘उहाँहरुले आफ्नो मान्यताहरु दर्ता गर्नुभएको छ’ प्रमुख सचेतक रामेश्वर फुयाँलले भनेका छन् ।श्रोत अनलाइनखबर

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*