मकवानपुरको अघोरमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु

निरन्तर न्यूज
२५ पुष २०७६, शुक्रबार १०:३२

हेटौंडा। मकवानपुरको अघोरमा गाडी दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

उक्त राजपथ हुदै बिरगंजबाट काठमाडौं तर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको हायस गाडी दुर्घटना हुँदा एक जना विदेशी नागरिक सहित २ जना घाइते भएका हुन।मुत्यु हुनेमा भारत बस्ने अन्दाजी ४५ बर्षीय सन्तोष सल्वा कुमार रहेको उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब निरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्।

उक्त दुर्घटनामा परी गाडिमा सवार भारतीय नागरिक अन्दाजी २४र२५ बर्षीया गोपिका न्नद स्वामी र भारत हेदराबाद जन्म भइ अमेरिका बस्दै आएकी अन्दाजी २३ वर्षीया लक्ष्मी साहिटि रहेको नायब उपरीक्षक भट्टराईले बताए।घाइते दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको र गाडि चालकको प्रहरी निगरानीमा उपचार भइरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*