इरानमा आज पनि २० जनाको मृत्यु

निरन्तर न्यूज
२४ पुष २०७६, बिहीबार १५:४५

तेहरान । युद्धको तनावमा रहेको इरानमा बोइङ विमान दुर्घटनामा १७६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै आज (बिहीबार) फेरि २० जनाको ज्यान गएको छ । इरानमा बिहीबार एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा पर्ने गोनवाद सहर जान लागेको बस स्थानीय समयअनुसार बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन् । अधिकारीहरूले ब्रेक फेल भएपछि बस दुर्घटनामा परेको बताएका छन् ।

अमेरिकासँगको तनाव चुलिएका बेला पछिल्ला तीन दिन इरानमा लगालग दुर्घटना भएका छन् । अमेरिकी हमलामा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि र्‍यालीमा भागदौड हुँदा मंगलबार ५० बढीको मृत्यु भएको थियो ।

बुधबार तेहरानको इमाम खामेनी विमानस्थल नजिकै युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा १७६ जनाले ज्यान गुमाएका थिए । सडक र पूर्वाधार राम्रा नभएकाले इरानमा सडक दुर्घटना भइरहन्छन् ।

युनिसेफका अनुसार इरानमा संसारका अरू देशको औसतको तुलना २० प्रतिशत ज्यादा सडक दुर्घटना हुन्छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार इरानमा वार्षिक २० हजार मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने ८ लाख जति घाइते हुन्छन् । (एजेन्सी )श्रोत नयाँ पेज

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*