बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु ,चार घाइते

निरन्तर न्यूज
२४ पुष २०७६, बिहीबार ११:३९

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–२ धपेनीमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा चार जना घाइते भएका छन् । उदयपुरकै रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गरेको मे१ज २६६२ नम्बरको बोलेरो जिप साँझ पौने ६ बजे सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा जिपमा सवार स्थानीय २६ वर्षीय मिलन राई र जीपधनी झापाको विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका जीप चालकसहित चार जनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*