हेटौंडालाई स्थायी राजधानी बनाउन ह्विप लगाउँदै नेकपा

निरन्तर न्यूज
२४ पुष २०७६, बिहीबार १०:१२

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश ३ को राजधानी ह्विप लगाएरै टुंगो लगाउने भएको छ।

प्रदेशको राजधानी र नामबारे नेकपा सचिवालयले गरेको निर्णयविरुद्ध नेकपाका प्रदेश ३ का सांसद्ले फरक मत देखिएपछि नेकपाले ह्विप लगाएरै राजधानीको टुंगो लगाउने भएको हो।

यसका लागि नेकपा प्रदेश ३ को संसदीय दलको बैठक आज बस्दैछ। बैठकले प्रदेश ३ को राजधानीका बारेमा निर्णय गर्ने नेकपाले जनाएको छ।

नेकपा सचिवालयले केही दिनअघि प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौडा बनाउने निर्णय गरेको थियो। उक्त निर्णयमाथिको छलफल गर्न बोलाइएको नेकपा प्रदेश ३ संसदीय दलको बैठकमा केही सांसद्ले राजधानी काभ्रे बनाउनुपर्ने धारणा राखेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली राजधानी हेटौडा बनाउनुपर्ने पक्षमा छन् । उनलाई पूर्वमाओवादी पक्षको पनि साथ छ । यता, बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरको भने राजधानी काभ्रे बनाउनुपर्ने धारणा छ।

राजधानी काभ्रे बनाउने पक्षमा देखिएका एक प्रदेशसभा सदस्यले प्रदेशसभाको अधिकार क्षेत्रभित्र पार्टीले ह्विप लगाउन नमिल्ने बताए। यता, हेटौडा राजधानी बनउनुपर्ने पक्षमा रहेका प्रदेशसभा सदस्य भने पार्टी नेतृत्वको निर्णय मान्नुपर्ने बताउँछन्। श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*