वडा अध्यक्ष बाँनियाद्वारा विद्यार्थीहरुलाई स्विटर प्रदान

निरन्तर न्यूज
२२ पुष २०७६, मंगलवार १९:३३

हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले व्यक्तीगत खर्चमा २ सय जना विद्यार्थीहरुलाई स्विटर प्रदान गरेका छन् ।

आज हेटौडा ५ स्थित लक्ष्मी आधारभुत बिद्यालयका विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको हो चिसो मौसमबाट न्यानो होस भन्ने उद्देश्यले स्विटर वितरण गरिएको वडा अध्यक्ष बाँनियाले बताए ।

आफुले निर्वाचनका बेला सामाजिक सेवा गर्ने भनेर चुनावी सभाहरुमा बोले अनुसार आफनो सम्पुर्ण पारिश्रमिक सामाजिक कार्यका लागि खर्च गर्ने गरेको उनले बताए । चुनावी सभामा आफुले गरेका प्रतिवद्धताहरु पुरा गरेको भन्दै बोलेको भन्दा बढी कामहरु गरिसकेको उनले बताए । उनले गरिब असाहय पिछडिएका जातजाती लगायतमा सहयोगका कार्यक्रम अगाडी बढाउने कार्यक्रमहरु रहेको बताएका छन् ।

विद्यालयमा एक कार्यक्रमका बिच वडा अध्यक्ष बाँनियाले स्विटर वितरण गरेका थिए । स्विटर वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामहरी मैनालीले खुसी व्यक्त गर्दै सहयोगी मनकारी वडा अध्यक्ष बाँनिया प्रति आभार व्यक्त गरेका थिए ।

उनले धन मात्र भएर होईन सामाजिक काम गर्न मन चाहिन्छ भन्ने भावना राख्दै त्यस्तो मन भएका व्यक्ती वडा अध्यक्ष बाँनिया नै रहेको औल्याए ।

यस्तै, कार्यक्रममा पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमिरे, नेपाली कांग्रेश वडा ५ का सभापति यम बहादुर श्रेष्ठ, विद्यालय व्यस्थापन समितिका अध्यक्ष तारा अधिकारी, कपडा तथा तयारी पोशाक संघ मकवानपुरका उपाध्यक्ष रविन्द्र घिमिरे, कोषध्याक्ष नेत्र खतिवडा, सदस्य जंग बहादुर बस्नेत, वडा नम्बर ५ का तरुणदलका अध्यक्ष रवि थापा, सदस्य रण बहादुर खनाल (बाबु किङ्ग), शान्ति नगर टोल विकाश संस्थाका अध्यक्ष देवी बुढाथोकी, समाजसेवी राम बिडारी, ५ नम्बर वडा सदस्य ज्ञानु थापा लगायतले मनकारी वडा अध्यक्ष बाँनियाले गरेको कामप्रति नतमस्तक बनेको बताएका थिए ।

यो चिसो मौसममा स्विटर प्राप्त गरेपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् । व्यक्तिगत खर्चमा वडा अध्यक्ष बाँनियाले गरेको सहयोग प्रति विद्यालयका अविभावकहरुले समेत खुसी व्यक्त गरेका छन् । विद्यालयमा २ सय विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक मैनालीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*