‘सरकारको नीति तथा कार्यक्रम संविधानको मर्मअनुरूप आएन’

निरन्तर न्यूज
२२ पुष २०७६, मंगलवार १६:४८

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्मअनुरूप ल्याउन नसकेको स्विकारेका छन् ।

संविधानले तीनै तहका सरकारको काम परिभाषित गरे पनि काम गर्ने शैलीमा पुरानै आचरण हाबी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिटअनुसार आउन नसकेको उनको भनाइ छ ।

संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना मंगलबार आयोजित ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रममा उनले संवैधानिक व्यवस्था र त्यसलाई कार्यान्वयनमा लैजानेबीच द्वन्द्व हुँदा विकास निर्माणका गतिविधिमा अवरोध भएको बताए ।

उनले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानुन र संरचना अझै पूर्ण रूपमा निर्माण नभएकाले व्यवहारिक रूपमा अन्तरविरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताए ।

त्यस्तै समावेशी आर्थिक विकासका लागि तीनवटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरीक्षणमा जानुपर्नेमा उनको जोड थियो । उपप्रधानमन्त्री पोखरेलले विकासमैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमानदार कर्मचारीतन्त्रको विकास भए मात्र आर्थिक विकास र समृद्धि सम्भव हुने बताए ।श्रोत १२खरी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*