बस दुर्घटनामा कांग्रेस नेताको निधन

निरन्तर न्यूज
२२ पुष २०७६, मंगलवार १२:५९

जनकपुरधाम । महोत्तरीमा मंगलबार भएको बस दुर्घटनामा नेपाली कांग्रेसका एक नेताको निधन भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका–५, टुटेश्वर चोकमा भएको दुर्घटनामा महोत्तरी, मनरासिस्वा नगरपालिका–१० बस्ने कांग्रेस महासमिति सदस्य ललनकुमार रायको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका रायलाई उपचारको लागि धरान लैजाने क्रममा बाटैमा निधन भएको महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए।

दुर्घटनामा परी अन्य १८ जना घाइते छन्। घाइतेमध्ये ११ को अवस्था चिन्ताजनक रहेको बताइएको छ। घाइतेको महोत्तरी र जनकपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको ना५ख ६४११ नम्बरको गंगोत्री ट्राभल्सको बस बाटोमा राखिएको ना४ख ९८१३ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*