पवन चाम्लिङलाई ‘हाङ यलम्बर स्मृति पुरस्कार’ प्रदान गरिने
काठमाडौ । प्रजातान्त्रिक पद्धतिबाट २५ वर्ष लामो शासन गरेका सिक्किमका पूर्व–मुख्यमन्त्री पवन चाम्लिङ राई ‘हाङ यलम्बर स्मृति पुरस्कार ५०८०’बाट सम्मान प्रदान गरिने भएको छ ।
आगामी १ माघमा किराँती समुदायले मनाउन लागेको यले सम्वत् ५०८०को अवसरमा राष्ट्रिय सभा ग्रहमा हुन लागेको कार्यक्रममा दुई लाख २२ हजार २२२ राशीको ‘हाङ यलम्बर स्मृति पुरस्कार ५०८०’ सम्मान उनलाई प्रदान गर्न लागिएको हो ।
किराती नयाँ वर्ष यले संवतको अवसरका हुन लागेको कार्यक्रम उत्सवको रुपमा मनाउन लागिएको राई समुदायको सर्वोच्चव संस्था किरात राई यायोख्खाले जनाएको छ।
कार्यक्रममा सहभागी सम्पूर्ण अथितिहरुलाई विभिन्न किराँती परिकारहरुको साथ सम्मान गर्ने तयारी पनि भइरहेको किरात राई यायोख्खाले जनाएको छ।
यले सम्वत् प्रथम हाङ यलम्बरको नाममा स्थापित भएको मिती हो।श्रोत नयाँ पेज