७ लाख नगदसहित १४ जना जुवाडे पक्राउ

निरन्तर न्यूज
२२ पुष २०७६, मंगलवार ११:१६

भक्तपुर। भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निलबाराहीबाट सोमबार दिउँसो नगद ७ लाखसहित १४ जना जुवाडे पक्राउ परेका छन् ।

निलबाराही टिगनीस्थित सूर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा मध्यपुरठिमी–७ का उमेश तको, विनोद प्रजापति, राजकुमार तको, डिलकृष्ण बाडे, बबिन उपो, डिलकृष्ण वाडे, रमेश तको, चन्द्रकृष्ण वाडे, निलकृष्ण अवाल, विक्रम धाजु, प्रज्वल राजेया, राजकृष्ण खिचाजु, सुरेन प्रजापति र अनिल प्रजापति रहेका छन् ।

गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले छापा मार्दा चार बुक तास, सात लाख तीन हजार एक सय ९० रुपैयाँ बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*