हेटौंडामा राजधानी तोक्न शान्तिपुर्ण र्‍याली

निरन्तर न्यूज
२१ पुष २०७६, सोमबार १४:५६

हेटौँडा । प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई तोक्नुपर्ने भन्दै आज हेटौँडाका राजनीतिक तथा सामाजिक संघ संस्थाको अगुवाइमा शान्तिपूर्ण र्‍यालीको आयोजना गरिएको छ ।
प्रदेश ३ को राजधानी हेटौंडालाई तोक्नको लागी सहयोग गर्ने सबैलाई स्वागत गर्न पनि यो शान्तिपूर्ण र्‍यालिको आयोजना गरिएको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले बताए ।
बैज्ञानिक, भौगोलिक हिसाबले हेटौंडा नै राजधानी उपयुक्त रहेको ने बि संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको बिचार रहेको छ ।
हाम्रो हेटौंडा सबै पुर्बाधारको हिसाबले पनि राजधानी हुन योग्य रहेको प्रतिम श्रेष्ठको भनाई रहेको छ ।

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*