दल त्यागका कारण वडाध्यक्ष पद रिक्त
काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका वडा ३ को वडाध्यक्षले दल त्याग गरेकाले उक्त पद रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित महादेवसिंह डडालले दल त्याग गरेकाले उक्त पद स्वत रिक्त हुन गएको जानकारी दिएको हो ।
कांग्रेसले वडा अध्यक्ष डडालले दल त्याग गरेको जानकारी गराएपछि निर्वाचन आयोगको आइतबारको निर्णयले उक्त पद रिक्त हुन गएको जनाएको हो ।