नहरमा खसेकी ४ वर्षीया बालिको मृत अवस्थामा फेला

निरन्तर न्यूज
२१ पुष २०७६, सोमबार १२:५९

काठमाडौँ । पोखरामा आइतबार साझँ नहरमा खसेर बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । पोखरा ५ मालेपाटन बस्दै आएकी ४ वर्षिय सृजना सुवेदी मृत फेला परेकी हुन् । पोखरा ५ मालेपाटनकी इन्दिरा सुवेदीले आफ्नी ४ वर्षीया छोरी गुमाएकी छिन् ।

आमासगँ हिडेकी उनी नहरमा खसेकी थिइन् । गहिरो र पानी भएको नहरमा खसेकी सृजना करिब २ घण्टा पछि मृत फेला परेकी हुन् ।

स्थानीयका अनुसार नहरमाथि स्ल्याब ग्याप थियो र त्यहाँ कार्टुन थियो । बच्चा सिधै कार्टुनमा टेक्दा खसेको स्थानीयको भनाई छ । घटना पश्चात स्थानी, प्रहरी, शसस्त्र प्रहरीको टोलीले खोजी गरेका थिए ।

सृजनाको सव बागवानी नजिकै अड्केको अवस्थामा भेटिएको प्रहरीको भनाई छ । नहरमा स्ल्याब वा तार नभएका कारण घटना हुन पुगेको स्थानीहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*