मनहरीमा ट्रयाक्टर दुर्घटना हुँदा, मोक्तानको मृत्यु

निरन्तर न्यूज
२१ पुष २०७६, सोमबार १२:१०

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ३ मा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी हाँडिखोलाका २५ बर्षीय सविन मोक्तान रहेका छन् ।

मनहरी–३ मा थ्रेसर जोडिएको ना ५ त ४१६६ नम्बरको ट्रयाक्टर आईतबार राती पल्टिदा मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक ट्रयाक्टरका चालक, सहचालक वा ट्रयाक्टरमा सवार व्यक्ति हो भन्ने खुल्न नसकेको प्रहरीको भनाई छ ।

प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*