भोलिबाट फेरि वर्षा र हिमपात हुने, यस्तो हुनेछ आगामी तीन दिनको मौसम

निरन्तर न्यूज
२१ पुष २०७६, सोमबार १०:५१

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण भोलि (मंगलबार)बाट फेरि देशभरको मौसम बद्लिने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि (मंगलबार)बाट पुनः वर्षा र हिमपातको सम्भावना देखिएको छ । आज बेलुकी पश्चिमबाट पुनः पश्चिमी वायु प्रवेश गर्ने र त्यससँगै वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायु यसअघिको जस्तो शक्तिशाली नभए पनि प्रभाव भने देशका अधिकांश स्थानमा देखिने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भोलिबाट देशका विभिन्न ठाउँमा वर्षा हुनेछ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनेछ । सुदुरपश्चिम र कणली प्रदेशका हिमाली जिल्लामा आज (सोमबार) साँझबाटै हिमपात हुने सम्भावना देखिएको उनले बताए ।

काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको छ । मौसमविद् श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा मंगलबार र बुधबार वर्षा हुने र आसपासका डाँडामा हिमपात पनि हुन सक्नेछ । मध्य र तराई क्षेत्रमा भने वर्षा हुने सम्भावना नदेखिएको उनले बताए ।

अहिले काठमाडौंसहित देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ । अहिले लागेको कुहिरो दिउँसोपछि हट्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए । बेलुकाबाट भने पश्चिमी वायुको प्रभाव देखिन सक्ने उनले बताए ।

पश्चिमी वायुकै कारण केही दिनदेखि हिमपात र वर्षाका कारण कष्टकर भएको जनजीवन आइतबारदेखि केही सामान्य भएको थियो।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पौष २१ गते (सोमबार)

दिउँसो स् देशको पश्चिमी र पुर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि मध्य भू-भागमा आंशिक बदली रहनेछ। पश्चिम र पूर्वका एक दुइ स्थानमा हल्का बर्षाको संभावना छ।

राति स् देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २२ गते ९मंगलबार०

दिउँसो स् देशको पश्चिमी र मध्य भू-भागमा आंशिक देखि सामान्य बदलीरही पश्चिम र मध्यका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ भने पूर्वि भू-भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी र मध्यका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति स् देशको पश्चिमी भू-भाग, मध्य र पुर्वका पहाडी भु-भागमा आंशिकदेखि सामान्य बदलीरही पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ भने मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पौष २३ गते (बुधबार)

दिउँसो स् देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का बर्षाको संभाबना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने सम्भावना रहेको छ।श्रोत नेपाल समय

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*