हप्तामा चार दिन ६ घण्टा दरले मात्रै काम गरे पुग्ने योजना

निरन्तर न्यूज
२१ पुष २०७६, सोमबार १०:४०

फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले लचिलो कार्यतालिका लागु गर्ने घोषणा गरेकी छन् । विश्वमा सबैभन्दा कम उमेरमा देशका नेतृत्व सम्हाल्ने नेताको कीर्तिमान बनाएकी ३४ वर्षकी सान्नाले हप्तामा चार दिन र दिनको ६ घण्टा मात्रै काम गर्ने योजना ल्याएकी छन् ।

उनको सरकारले हाललाई नयाँ योजना परीक्षणका लागि लागु गर्न तुर्कुमा भएको सोसल डेमोक्र्याटिक पार्टी ९एसडिपी० को १२० औँ वार्षिकोत्सवमा माग गरेको छ ।

प्रधानमन्त्री सान्नाले भनेकी छन्, ‘मानिसहरुले परिवारका सदस्यसँग समय बिताउन पाउनु पर्छ । आफ्ना रुचीका गतिविधि गर्न पाउनु पर्छ ।

यस्तै जीवनका विभिन्न सांस्कृतिक पक्षहरुमा ध्यान दिने समयका लागि हप्तामा चार दिन ६ घण्टाका दरले काम गर्ने योजना ल्याएका हौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*